ममाथि मात्र होइन, सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | फागुन २३, २०७९
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए ।
माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले बताए । ‘आठ पार्टीहरू छलफल भयो । सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ । '
अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ओलीले भने । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताएको ओलीले बताए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

